काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले मंगलबारदेखि आफ्नो संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले विद्यमान संस्थापक सेयरधनीहरुका लागि एक लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौंको हात्तीसारमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आफूले खरिद गर्न चाहेको दर उल्लेख गरी आवेदन पेस गर्नुपर्नेछ ।

निर्धारित मितिभित्र सेयर खरिदका लागि कुनै पनि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई शेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

ADVERTISEMENT