काठमाडौं । नेपाली बजारमा सुनको भाउ एकैदिन तोलामा तीन हजार रुपैयाँले घटेको छ । आइतबार सुनको भाउ तोलाको एक लाख ९० हजार सात सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि शुक्रवार सुनको भाउ तोलाको एक लाख ९३ हजार सात सय रुपैयाँ थियो । त्यस दिनको सुनको मूल्य अहिलेसम्मकै बढी थियो ।
आइतबार चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा पाँच रुपैयाँले घटेर तोलाको दुई हजार एक सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रवार चाँदीको भाउ तोलाको दुई हजार एक सय ५० रुपैयाँ थियो ।





