काठमाडौं । विकास हाइड्रोपावर लिमिटेडले बुधबारदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरी बाँडफाँट गरिसकेको छ । दोस्रो चरणमा सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्न लागेको हो।
कम्पनीले जारी पुँजी ९० करोड ९१ लाख १ हजार ३०० रूपैयाँको ४९ प्रतिशत अर्थात् ४४ करोड ५४ लाख ५९ हजार ६०० रूपैयाँ बराबरको ४४ लाख ५४ हजार ५९६ कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये कम्पनीले ९ लाख ९ हजार १०१ कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका र ३ लाख ५४ हजार ५५० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।
कम्पनीले ७० हजार ९१० कित्ता साधारण सेयर कर्मचारीहरूका लागि र १ लाख ७७ हजार २७५ कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरी बाँकी रहेको २९ लाख ४२ हजार ७६० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो। आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आइपिओमा असार २२ गतेसम्म आवेदन दिन सकिनेछ।




