काठमाडौं । देशभरका मिटरब्याजपीडित पुनः आन्दोलनमा फर्किएका छन् ।

मिटरब्याजविरूद्ध संघर्ष समिति नेपालले केही समयदेखि माइतीघरमा धर्ना दिइरहेका छन् । विभिन्न चारवटा माग प्रस्तुत गर्दै उनीहरूले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका हुन् ।

ADVERTISEMENT

उनीहरूले सम्पूर्ण पीडितहरू एक हौं, जाली तमसुक खारेज गर, मिटरब्याज साहुहरूलाई कारबाही गर र पीडितको जग्गा फिर्ता गर भन्ने माग राखेका छन् ।

यसअघि पनि मिटरब्याजपीडितले लामो समय आन्दोलन गरेका थिए । सरकारले ऐन बनाएरै मिटरब्याजपीडितको माग सम्बोधन गर्ने भनिए पनि अहिलेसम्म समस्या जहाँको तहीँ छ ।

ADVERTISEMENT

पीडितहरूले सरकारले तत्काल आफ्नो माग पूरा नगरे भदौ २५ पछि मधेश प्रदेशका सबै पीडितलाई काठमाडौं उतार्ने चेतावनी दिएका छन् ।