काठमाडौँ । नेपाल सरकारले व्यापार तथा निकासी प्रवद्र्धन विकास समितिमा सदस्यमा निराजन बहादुर चलाउने र सुनिल मल्ललाई नियुक्त गरेको छ ।
बर्दिया जिल्ला गेरुवा गाऊँपालिकाका युवा उद्यमी, व्यवसायी एवम् अन्तर्राष्ट्रिय व्यापार सम्वन्धी विज्ञ निराजन बहादुर चलाउनेलार्ई ३ वर्षका लागि सदस्यका रुपमा नियुक्त गरेको हो । ।

चलाउनेले यस अघि पनि उक्त समितिमा ३ वर्ष विज्ञ सदस्यका रुपमा कार्य गरिसक्नु भएको छ ।
यसैगरी काठमाडौं जिल्ला निवासी युवा उद्यमी, व्यवसायी एवम् अन्तर्राष्ट्रिय व्यापार सम्वन्धी विज्ञ सुनिल मल्ललाई नेपाल सरकारले व्यापार तथा निकासी प्रवद्र्धन विकास समितिमा ३ वर्षका लागि सदस्यका रुपमा नियुक्त गरेको छ ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक सरदविक्रम राणाले वहाँहरुलाई नियुक्त पत्र प्रदान गर्दै वहाँहरुको सफल कार्यकालको लागि शुभकामना व्यक्त गरे ।






