काठमाडौं । आगामी भदौ २० गते शुक्रबारदेखि प्रदर्शनमा आउने सिनेमा ‘रिमै’ का मुख्य कलाकारले मिडियासँग अन्तरक्रिया गरेका छन् । कलाकार दयाहाङ राई, रेश्मा गुरुङलगायतले मंगलबार पत्रकारहरुसँग अन्तरक्रिया गरेका छन् ।

खिलबहादुर गुरुङको निर्देशन रहेको चलचित्र ‘रिमै’को ट्रेलर दुई दिनअघि मात्रै सार्वजनिक गरिएको थियो। चलचित्रको ट्रेलरले गाउँले जीवन, प्रेम, संघर्ष र सामाजिक यथार्थलाई समेटेको छ।

ADVERTISEMENT

सिनेमामा दयाहाङ र रेश्मासँगै अर्पण शर्मा, गौमाया गुरुङ कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरबल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगरलगायतको अभिनय रहेको छ।

ADVERTISEMENT

गुरुङ समुदायको विवाह संस्कारलाई मुख्य विषयवस्तु बनाएर चलचित्रले त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरेको देखिन्छ ।

गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुति र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको चलचित्रलाई कवि तथा निर्देशक उपेन्द्र सुब्बाले लेखेका हुन् । चलचित्रमा शैलेन्द्रध्वज कार्कीको छायाँकन, मित्र डि गुरुङको सम्पादन र दीपक शर्मा र थानेश्वर गौतमको संगीत रहेको छ ।

ADVERTISEMENT