काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित दुई चिनियाँ महिला पक्राउ परेका छन् ।

प्रहरीका अनुसार उनीहरूको साथबाट २ हजार ३४८ ग्राम (२ किलो ३४८ ग्राम) अवैध सुन बरामद भएको छ ।

ADVERTISEMENT

पक्राउ परेका दुवै महिला क्याथे प्यासेफिक एयरलाइन्सको उडानमार्फत गएराति काठमाडौं आएका थिए । विमानस्थलमा जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त सुन बरामद भएको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

घटनाबारे थप अनुसन्धान भइरहेको र पक्राउ परेका महिलाको पहिचान तथा सुन तस्करीको उद्देश्यबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।