काठमाडौं । नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले हिमाली तथा पहाडी भूभागमा बादल लागेको छ भने तराईका केही स्थानमा तुवाँलो देखिएको छ।

हाल कर्णाली प्रदेशसहित देशका अधिकांश हिमाली भूभागमा साधारणतया बादल लागेको छ। पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ भने तराईका केही स्थानमा तुवाँलोको प्रभाव छ। अन्य भूभागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।

ADVERTISEMENT

सोमबार दिउँसो कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने पूर्वानुमान छ। बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।

ADVERTISEMENT

महाशाखाका अनुसार कोशी प्रदेशका हिमाली तथा पहाडी भूभाग र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।