काठमाडौँ ।सुनको मूल्य घट्दा एउटा प्रश्न उठ्छ– के विश्व अर्थतन्त्रमा जोखिम कम हुँदैछ, कि सुनमा लगानी गर्नेहरूको विश्वास कमजोर हुँदैछ? अन्तर्राष्ट्रिय बजारमा सुनको पछिल्लो गिरावटले यही प्रश्नलाई फेरि चर्चामा ल्याएको छ।

 एउटा पक्षले ब्याजदर, डलर र लगानीकर्ताको नाफा सुरक्षित गर्ने प्रवृत्तिमार्फत मूल्य घटाइरहेको छ भने अर्को पक्षले केन्द्रीय बैंकको खरिद, सरकारी ऋणको बढ्दो भार र भूराजनीतिक जोखिममार्फत सुनलाई दीर्घकालीन समर्थन दिइरहेको छ।

ADVERTISEMENT

केही दिनअघिसम्म प्रतिऔँस ४ हजार १०० अमेरिकी डलरभन्दा माथि कारोबार भइरहेको सुन नोभेम्बर १३ सम्म आइपुग्दा ३ हजार ८८० डलरको आसपास झरेको छ। नोभेम्बर १२ मा त यसको मूल्य एकै दिन करिब ३ प्रतिशतले घटेको थियो।

ADVERTISEMENT

यस वर्षको सुरुवातमा प्रतिऔँस ५ हजार ५०० डलरभन्दा माथि पुगेको सुनको मूल्य जुन महिनामा ४ हजार डलरभन्दा तलसमेत झरेको थियो। त्यसपछि पुनः सुधार भएको बजार अहिले अर्को ठूलो दबाबमा परेको छ।

तर सुनको मूल्यमा आएको यो गिरावटलाई विश्व अर्थतन्त्रमा स्थिरता फर्किएको संकेत मान्नु हतार हुनेछ। किनभने सुनको बजारमा अहिले दुईवटा विपरीत शक्ति सक्रिय छन्। एउटा पक्षले ब्याजदर, डलर र लगानीकर्ताको नाफा सुरक्षित गर्ने प्रवृत्तिमार्फत मूल्य घटाइरहेको छ भने अर्को पक्षले केन्द्रीय बैंकको खरिद, सरकारी ऋणको बढ्दो भार र भूराजनीतिक जोखिममार्फत सुनलाई दीर्घकालीन समर्थन दिइरहेको छ। त्यसैले अहिलेको प्रश्न सुन घट्छ कि बढ्छ भन्ने मात्र होइन, विश्व अर्थतन्त्रमा सुनको मागलाई धानिरहेका आधारहरू कति बलिया छन् भन्ने पनि हो।

चुनावको परिणामभन्दा ठूलो प्रभाव अमेरिकी ब्याजदरको

नोभेम्बर ३ मा सम्पन्न अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले प्रतिनिधिसभा र सिनेट दुवैमा बहुमत हासिल गरेको छ। यसले राष्ट्रपति डोनाल्ड ट्रम्पको बाँकी कार्यकालमा अमेरिकी नीतिनिर्माणको शक्ति सन्तुलन परिवर्तन गरेको छ।

नोभेम्बर १३ मा अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ३ हजार ८७९.७१ डलरमा कारोबार भएको थियो। त्यसअघि नोभेम्बर १२ मा सुनको मूल्य एकै दिन करिब ३ प्रतिशतले घटेर एक वर्षभन्दा बढी अवधिको न्यून बिन्दुमा पुगेको थियो।

निर्वाचन परिणामपछि नोभेम्बर ४ मा सुनको मूल्य बढेको थियो। तर त्यसपछि सुरु भएको गिरावटलाई निर्वाचनको राजनीतिक परिणामसँग मात्र जोड्न मिल्दैन।वास्तवमा सुनको मूल्यलाई अहिले सबैभन्दा बढी प्रभावित गरिरहेको विषय अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भको ब्याजदर नीति हो।

सुनले बैंक निक्षेप वा सरकारी ऋणपत्रले जस्तो नियमित ब्याज दिँदैन। त्यसैले सरकारी ऋणपत्रबाट राम्रो प्रतिफल पाइने अवस्था सिर्जना हुँदा लगानीकर्ताले सुनभन्दा ब्याज दिने सम्पत्तिलाई प्राथमिकता दिन सक्छन्।अमेरिकामा मुद्रास्फीतिको दबाब अपेक्षाभन्दा बढी देखिनु र फेडरल रिजर्भका अधिकारीहरूबाट ब्याजदर थप कडा हुन सक्ने संकेत आउनुले सुनमा बिक्रीको दबाब सिर्जना गरेको छ।

रोयटर्सका अनुसार नोभेम्बर १३ मा अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ३ हजार ८७९.७१ डलरमा कारोबार भएको थियो। त्यसअघि नोभेम्बर १२ मा सुनको मूल्य एकै दिन करिब ३ प्रतिशतले घटेर एक वर्षभन्दा बढी अवधिको न्यून बिन्दुमा पुगेको थियो।

त्यस साता सुनको मूल्य करिब ४.५ प्रतिशतले घटेको थियो, जुन जुन महिनाको सुरुदेखिकै सबैभन्दा कमजोर साप्ताहिक प्रदर्शनमध्ये एक थियो।यसको अर्थ अमेरिकी चुनावपछि बनेको राजनीतिक परिस्थितिभन्दा मुद्रास्फीति र मौद्रिक नीतिले बजारमा बढी प्रभाव पारिरहेको छ। अहिले सुनको बजारमा तीनवटा आर्थिक पक्ष निर्णायक देखिएका छन्।

पहिलो, अमेरिकी डलरको मजबुती।

अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार अमेरिकी डलरमा हुने भएकाले डलर बलियो हुँदा अन्य मुद्रामा कारोबार गर्ने खरिदकर्ताका लागि सुन महँगो हुन्छ। यसले मागमा दबाब सिर्जना गर्न सक्छ। त्यसको विपरीत डलर कमजोर हुँदा सुन अन्य देशका लगानीकर्ताका लागि तुलनात्मक रूपमा सस्तो हुन्छ। यसले अन्तर्राष्ट्रिय माग बढाउन सहयोग पुर्‍याउन सक्छ।

दोस्रो, अमेरिकी सरकारी ऋणपत्रको प्रतिफल।

सुनबाट ब्याज प्राप्त हुँदैन। त्यसैले अमेरिकी ट्रेजरी बन्डको प्रतिफल बढ्दा सुन राख्नुको अवसर लागत पनि बढ्छ।अहिले अमेरिकी मुद्रास्फीतिको दबाब र फेडरल रिजर्भको कडा मौद्रिक नीतिको सम्भावनाले ऋणपत्रको प्रतिफललाई आकर्षक बनाएको छ। यही कारणले लगानीकर्ताको एउटा हिस्सा सुनबाट बाहिरिएर ब्याज दिने सम्पत्तितर्फ आकर्षित भएको छ।

तेस्रो, ऊर्जा मूल्य र मुद्रास्फीति।

सामान्यतया मुद्रास्फीति बढ्दा सुनलाई सुरक्षित लगानी मानिन्छ। तर अहिलेको बजारले एउटा फरक तथ्य देखाएको छ।यदि तेलको मूल्य बढेर मुद्रास्फीति चर्किन्छ र त्यसलाई नियन्त्रण गर्न केन्द्रीय बैंकले ब्याजदर बढाउँछ भने मुद्रास्फीतिको जोखिम हुँदाहुँदै पनि सुनको मूल्य घट्न सक्छ। अर्थात् मुद्रास्फीति र सुनको मूल्यबीच सधैँ एउटै दिशाको सम्बन्ध हुँदैन। मुद्रास्फीतिलाई नियन्त्रण गर्न अपनाइने ब्याजदर नीतिले सुनको मूल्यलाई उल्टो दिशामा धकेल्न सक्छ।

केन्द्रीय बैंकहरू भने सुन किनिरहेका छन्

सुनको बजारमा अहिले देखिएको सबैभन्दा रोचक पक्ष यही हो। एकातिर व्यक्तिगत लगानीकर्ता र बजारका कारोबारीले मूल्य घट्ने अनुमानमा सुन बिक्री गरिरहेका छन्। अर्कोतिर विश्वका केन्द्रीय बैंकहरूले आफ्नो विदेशी मुद्रा सञ्चितिमा सुनको हिस्सा बढाइरहेका छन्।

विश्व सुन परिषद् (World Gold Council) को नोभेम्बर ३ मा सार्वजनिक तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार सन् २०२६ को तेस्रो त्रैमासिकमा विश्वका केन्द्रीय बैंक तथा अन्य आधिकारिक संस्थाहरूले ३२१ टन सुन थपेका छन्। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४२ प्रतिशत बढी हो।

विश्व सुन परिषद्को सन् २०२६ को केन्द्रीय बैंक सञ्चिति सर्वेक्षणमा सहभागीमध्ये ८९ प्रतिशतले आगामी १२ महिनामा विश्वका केन्द्रीय बैंकहरूको सुन सञ्चिति बढ्ने अपेक्षा गरेका छन्। त्यस्तै, ७४ प्रतिशत उत्तरदाताले आगामी पाँच वर्षमा विश्वव्यापी सञ्चितिमा अमेरिकी डलरको हिस्सा केही वा उल्लेख्य रूपमा घट्ने अपेक्षा गरेका छन्।

सन् २०२६ का पहिलो नौ महिनामा केन्द्रीय बैंकहरूको कुल खरिद ६७५ टन पुगेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६ प्रतिशत बढी हो।यो तथ्यले सुनको बजारलाई केवल व्यक्तिगत लगानीकर्ताको मनोविज्ञानले निर्धारण गरिरहेको छैन भन्ने देखाउँछ।

केन्द्रीय बैंकहरूले सुन खरिद गर्नुको पछाडि विदेशी मुद्रा सञ्चितिको विविधीकरण, अमेरिकी डलरमाथिको निर्भरता घटाउने प्रयास र भूराजनीतिक जोखिमबाट सम्पत्ति सुरक्षित राख्ने रणनीति छन्।

विश्व सुन परिषद्को सन् २०२६ को केन्द्रीय बैंक सञ्चिति सर्वेक्षणमा सहभागीमध्ये ८९ प्रतिशतले आगामी १२ महिनामा विश्वका केन्द्रीय बैंकहरूको सुन सञ्चिति बढ्ने अपेक्षा गरेका छन्। त्यस्तै, ७४ प्रतिशत उत्तरदाताले आगामी पाँच वर्षमा विश्वव्यापी सञ्चितिमा अमेरिकी डलरको हिस्सा केही वा उल्लेख्य रूपमा घट्ने अपेक्षा गरेका छन्। यसले सुनको माग केवल मूल्य बढ्ने अपेक्षाबाट मात्र निर्देशित छैन भन्ने स्पष्ट पार्छ। विश्वको वित्तीय शक्ति सन्तुलनमा भइरहेको परिवर्तनले पनि सुनलाई महत्त्वपूर्ण बनाइरहेको छ।

गोल्डम्यान स्याक्स र विस्डमट्रीको नजरमा सन् २०२७

अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूको पछिल्लो प्रक्षेपण हेर्दा सुनको मूल्यमा तत्काल दबाब भए पनि दीर्घकालीन सम्भावना समाप्त भएको देखिँदैन। गोल्डम्यान स्याक्सले नोभेम्बर १३ मा सार्वजनिक गरेको पछिल्लो मूल्यांकनमा सन् २०२६ को अन्त्यसम्म सुनको मूल्य प्रतिऔँस ४ हजार १५० डलर पुग्ने अनुमान गरेको छ। यसअघि उसले ४ हजार ६५० डलरको लक्ष्य राखेको थियो।

चीनमा भने सुन व्यक्तिगत सम्पत्ति संरक्षण, लगानी र केन्द्रीय बैंकको सञ्चिति विविधीकरणसँग जोडिएको छ। विश्व सुन परिषद्को तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार सन् २०२६ को तेस्रो त्रैमासिकमा विश्वव्यापी सुनको सिक्का तथा बारको माग अघिल्लो वर्षको तुलनामा १९ प्रतिशत घटेर २६८ टनमा सीमित भएको छ। तर चीनमा भने यो माग ७ प्रतिशत बढेको थियो।

त्यस्तै, सन् २०२७ को अन्त्यसम्मको मूल्य प्रक्षेपण पनि ५ हजार ४०० डलरबाट घटाएर ४ हजार ८०० डलरमा झारेको छ। ब्याजदर बढ्ने सम्भावनाले सुनमा लगानी गर्नेहरूको आकर्षण घटाउन सक्ने भए पनि केन्द्रीय बैंकहरूको निरन्तर खरिदले दीर्घकालीन रूपमा मूल्यलाई समर्थन गर्ने गोल्डम्यान स्याक्सको विश्लेषण छ।

अर्कोतर्फ, विस्डमट्रीका अनुसन्धान प्रमुख नितेश शाहले सन् २०२७ को तेस्रो त्रैमासिकसम्म सुनको मूल्य प्रतिऔँस ४ हजार ७८९ डलर पुग्न सक्ने प्रक्षेपण गरेका छन्। यो बजारको सहमतिमा आधारित मोडल हो, निश्चित मूल्य लक्ष्य होइन।

उनको विश्लेषणअनुसार सुनको मूल्यमा आएको गिरावटले यसको मूल्यांकनलाई तुलनात्मक रूपमा आकर्षक बनाएको छ। सरकारी ऋणको भार, आर्थिक तथा वित्तीय जोखिम र केन्द्रीय बैंकहरूको खरिदले आगामी अवधिमा सुनलाई समर्थन दिन सक्छ।

यसरी हेर्दा दुवै संस्थाको प्रक्षेपणमा एउटा समानता छ– छोटो अवधिमा सुनले दबाब सामना गर्नुपर्ने भए पनि दीर्घकालीन रूपमा यसको माग कमजोर हुने निश्चित छैन। तर यी प्रक्षेपणलाई निश्चित भविष्यवाणी मान्नु हुँदैन। ब्याजदर, डलर र विश्व अर्थतन्त्रको अवस्थाअनुसार लक्ष्य परिवर्तन हुन सक्छ।

चीन र भारतले निर्धारण गर्ने सुनको अर्को दिशा

अमेरिका र युरोपका वित्तीय बजारले सुनको मूल्यमा तत्कालीन उतारचढाव ल्याउन सक्छन्। तर विश्वव्यापी सुनको माग निर्धारणमा चीन र भारतको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण छ।

भारतमा सुन केवल लगानीको माध्यम होइन। विवाह, धार्मिक संस्कार, सामाजिक प्रतिष्ठा र पारिवारिक सम्पत्तिसँग जोडिएको छ। मूल्य घट्दा गहना खरिद गर्ने उपभोक्ता बढ्न सक्छन् भने अत्यधिक महँगो हुँदा खरिद घट्न सक्छ।चीनमा भने सुन व्यक्तिगत सम्पत्ति संरक्षण, लगानी र केन्द्रीय बैंकको सञ्चिति विविधीकरणसँग जोडिएको छ। विश्व सुन परिषद्को तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार सन् २०२६ को तेस्रो त्रैमासिकमा विश्वव्यापी सुनको सिक्का तथा बारको माग अघिल्लो वर्षको तुलनामा १९ प्रतिशत घटेर २६८ टनमा सीमित भएको छ।

भारतमा सुन केवल लगानीको माध्यम होइन। विवाह, धार्मिक संस्कार, सामाजिक प्रतिष्ठा र पारिवारिक सम्पत्तिसँग जोडिएको छ। मूल्य घट्दा गहना खरिद गर्ने उपभोक्ता बढ्न सक्छन् भने अत्यधिक महँगो हुँदा खरिद घट्न सक्छ।

चीनमा भने सुन व्यक्तिगत सम्पत्ति संरक्षण, लगानी र केन्द्रीय बैंकको सञ्चिति विविधीकरणसँग जोडिएको छ। विश्व सुन परिषद्को तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार सन् २०२६ को तेस्रो त्रैमासिकमा विश्वव्यापी सुनको सिक्का तथा बारको माग अघिल्लो वर्षको तुलनामा १९ प्रतिशत घटेर २६८ टनमा सीमित भएको छ। तर चीनमा भने यो माग ७ प्रतिशत बढेको थियो। अर्कोतर्फ, अत्यधिक मूल्यका कारण विश्वव्यापी गहनाको माग १७ प्रतिशत घटेर ३१३ टनमा झरेको छ।

यसले सुनको बजारमा एउटा नयाँ अवस्था देखाउँछ। मूल्य बढ्दा लगानीकर्ताले सुनलाई सम्पत्ति संरक्षणको माध्यमका रूपमा खरिद गरिरहेका छन्, तर गहना खरिद गर्ने सामान्य उपभोक्ता भने बजारबाट पछि हटिरहेका छन्। त्यसैले आगामी दिनमा चीन र भारतको भौतिक माग, केन्द्रीय बैंकको खरिद र अन्तर्राष्ट्रिय लगानी कोषमा आउने रकमले सुनको मूल्यको दिशा निर्धारण गर्न सक्छ।

नेपालमा सुनको मूल्य घट्नुको अर्थ के हो?

विश्व बजारमा सुनको मूल्य घट्दा नेपालमा पनि त्यसको प्रभाव पर्छ। तर अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दैमा नेपाली बजारमा पनि त्यही अनुपातमा मूल्य घट्छ भन्ने हुँदैन। नेपालमा सुनको मूल्य निर्धारणमा अन्तर्राष्ट्रिय मूल्यसँगै अमेरिकी डलरको विनिमय दर, आयात लागत, भन्सार महसुल र स्थानीय बजारको मागसमेत जोडिन्छन्।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ५ प्रतिशत घट्यो तर नेपाली रुपैयाँ अमेरिकी डलरको तुलनामा कमजोर भयो भने स्थानीय बजारमा मूल्य घट्ने दर कम हुन सक्छ। त्यसैले नेपाली उपभोक्ताले सुन खरिद गर्ने निर्णय गर्दा अन्तर्राष्ट्रिय मूल्य मात्र होइन, स्थानीय बजारको मूल्य, विनिमय दर र खरिदको उद्देश्य पनि हेर्नुपर्छ।

नेपालका लागि अर्को महत्त्वपूर्ण पक्ष सुन आयात हो। सुन आयातले विदेशी मुद्रा सञ्चितिमा दबाब सिर्जना गर्न सक्छ। त्यसैले अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्नुले उपभोक्तालाई राहत दिने सम्भावना भए पनि आयातको परिमाण बढेमा विदेशी मुद्रा बाहिरिने रकममा अपेक्षित कमी नआउन सक्छ।

उदाहरणका लागि, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ५ प्रतिशत घट्यो तर नेपाली रुपैयाँ अमेरिकी डलरको तुलनामा कमजोर भयो भने स्थानीय बजारमा मूल्य घट्ने दर कम हुन सक्छ। त्यसैले नेपाली उपभोक्ताले सुन खरिद गर्ने निर्णय गर्दा अन्तर्राष्ट्रिय मूल्य मात्र होइन, स्थानीय बजारको मूल्य, विनिमय दर र खरिदको उद्देश्य पनि हेर्नुपर्छ। व्यक्तिगत लगानीकर्ताका लागि सुनलाई सम्पूर्ण बचतको विकल्प बनाउनु उपयुक्त हुँदैन। पोर्टफोलियो विविधीकरण र दीर्घकालीन सम्पत्ति संरक्षणका लागि सीमित हिस्सा राख्ने रणनीति बढी विवेकपूर्ण हुन सक्छ।

सुन मुद्रास्फीतिको भरपर्दो सुरक्षा कवच हो?

सुनलाई परम्परागत रूपमा मुद्रास्फीतिविरुद्धको सुरक्षा कवच मानिन्छ। तर यसलाई हरेक अवस्थामा लागू हुने नियमका रूपमा बुझ्नु गलत हुन्छ।अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) मा सन् २०२६ मा प्रकाशित सुनसम्बन्धी अनुसन्धानले पनि सुनले छोटो तथा मध्यम अवधिमा मुद्रास्फीतिको प्रभावबाट सधैँ सुरक्षा दिन नसक्ने देखाएको छ।

अनुसन्धानअनुसार मुद्रास्फीतिको दबाबसँगै वास्तविक ब्याजदर बढ्ने अवस्था आयो भने सुनको मूल्य घट्न सक्छ। तर वास्तविक ब्याजदर कम रहेको अवस्थामा मुद्रास्फीतिको जोखिमले सुनको मूल्य बढाउन सक्छ।

यसको अर्थ सुनको मूल्यले मुद्रास्फीति मात्र होइन, लगानीकर्ताले भविष्यमा प्राप्त गर्ने वास्तविक प्रतिफल र विश्व अर्थतन्त्रप्रतिको विश्वाससमेत प्रतिबिम्बित गर्छ।यही कारण सुनलाई अर्थतन्त्र स्थिर वा अस्थिर भएको एकल सूचकका रूपमा हेर्न मिल्दैन। बरु यो आर्थिक जोखिम, मुद्रा प्रणालीप्रतिको विश्वास र लगानीकर्ताको व्यवहार बुझ्ने एउटा महत्त्वपूर्ण माध्यम हो।

अबको बाटो : गिरावट, स्थिरता कि अर्को उछाल?

अहिलेको बजारलाई हेर्दा सुनको मूल्यका लागि तीनवटा सम्भावना देखिन्छन्।

सुनको मूल्यमा आएको गिरावटलाई सुनको युग समाप्त भएको संकेतका रूपमा बुझ्नु गलत हुनेछ। तर विगतमा जस्तै मूल्य निरन्तर उकालो लाग्छ भन्ने अपेक्षा गर्नु पनि जोखिमपूर्ण छ। विश्व अर्थतन्त्रमा सुनको भूमिका परिवर्तन भइरहेको छ। अब यसको मूल्य केवल मुद्रास्फीति वा अमेरिकी चुनावले होइन, केन्द्रीय बैंकको रणनीति, विश्वव्यापी ऋणको अवस्था, वास्तविक ब्याजदर र अन्तर्राष्ट्रिय शक्ति सन्तुलनले समेत निर्धारण गर्नेछ। सुनको चमक केही समय मधुरो हुन सक्छ, तर विश्व अर्थतन्त्रमा यसको रणनीतिक महत्त्व अझै कायम छ।

पहिलो, अमेरिकी मुद्रास्फीति उच्च रह्यो, फेडरल रिजर्भले ब्याजदर बढायो र डलर बलियो भइरह्यो भने सुनको मूल्यमा थप दबाब आउन सक्छ। यस्तो अवस्थामा छोटो अवधिका लगानीकर्ताले थप गिरावटको जोखिम सामना गर्नुपर्नेछ।

दोस्रो, अमेरिकी मुद्रास्फीति नियन्त्रणमा आयो र ब्याजदरसम्बन्धी अनिश्चितता कम भयो भने सुनको मूल्य स्थिर हुन सक्छ। यस अवस्थामा केन्द्रीय बैंकहरूको खरिद र भौतिक मागले बजारलाई आधार दिन सक्छ।

तेस्रो, अमेरिकी अर्थतन्त्रमा वित्तीय जोखिम बढ्यो, सरकारी ऋण र बजेट घाटासम्बन्धी चिन्ता चर्कियो वा भूराजनीतिक तनाव थप गहिरियो भने सुनको माग फेरि बढ्न सक्छ।यसमा केन्द्रीय बैंकहरूको खरिद निरन्तर रहनु र चीन तथा भारतको भौतिक माग बलियो हुनु थप सकारात्मक पक्ष हुन सक्छ।

तर बजारमा एउटा महत्त्वपूर्ण विरोधाभास छ। विश्वका केन्द्रीय बैंकहरू सुनलाई दीर्घकालीन सम्पत्ति सुरक्षाको माध्यम बनाइरहेका छन् भने छोटो अवधिका लगानीकर्ता ब्याजदर र डलरको उतारचढावअनुसार आफ्नो लगानी परिवर्तन गरिरहेका छन्।यही विरोधाभासले सुनको मूल्यमा आगामी दिनमा पनि उतारचढाव कायम रहने संकेत गर्छ।

निष्कर्षमा, सुनको मूल्यमा आएको गिरावटलाई सुनको युग समाप्त भएको संकेतका रूपमा बुझ्नु गलत हुनेछ। तर विगतमा जस्तै मूल्य निरन्तर उकालो लाग्छ भन्ने अपेक्षा गर्नु पनि जोखिमपूर्ण छ। विश्व अर्थतन्त्रमा सुनको भूमिका परिवर्तन भइरहेको छ। अब यसको मूल्य केवल मुद्रास्फीति वा अमेरिकी चुनावले होइन, केन्द्रीय बैंकको रणनीति, विश्वव्यापी ऋणको अवस्था, वास्तविक ब्याजदर र अन्तर्राष्ट्रिय शक्ति सन्तुलनले समेत निर्धारण गर्नेछ। सुनको चमक केही समय मधुरो हुन सक्छ, तर विश्व अर्थतन्त्रमा यसको रणनीतिक महत्त्व अझै कायम छ।