काठमाडौं । ग्राहकहरूको उत्साहजनक सहभागिता र उल्लेखनीय प्रतिक्रियापछि दराज नेपालले आफ्नो सबैभन्दा ठूलो अनलाइन किनमेल अभियान ‘दराज ११.११’ को अवधि नोभेम्बर १९ (मंसिर ३) सम्म विस्तार गरेको छ।

यसअघि निर्धारित अवधिभन्दा थप आठ दिन अभियान सञ्चालन हुने भएपछि ग्राहकले ८० प्रतिशतसम्मको छुट, २ करोड रुपैयाँभन्दा बढीका भौचर तथा छनोट गरिएका सामग्रीमा निःशुल्क डेलिभरीको सुविधा पाउने भएका छन्।

ADVERTISEMENT

अभियानका सुरुवाती दिनमा विद्युतीय सामग्री, फेसन, घरायसी सामान तथा चाडपर्वका आवश्यक वस्तुमा ग्राहकको उल्लेखनीय चासो देखिएपछि अवधि थपिएको दराजले जनाएको छ। यस वर्षको ११.११ अभियान तिहार र छठ पर्वसँगै परेको छ। यसअघि दराजले दसैँको अवसरमा १०.१० अभियान सञ्चालन गरेको थियो।

ADVERTISEMENT

के किनिरहेका छन् ग्राहक ?

दराजका अनुसार ११.११ अभियानका सुरुवाती दिनमा स्मार्टफोन, इयरबड, हेडफोन, स्मार्ट घडी तथा भान्सामा प्रयोग हुने विद्युतीय उपकरणप्रति ग्राहकको आकर्षण देखिएको छ।

त्यस्तै, महिला तथा पुरुषका जाडोयामका पहिरन, जुत्ता, घडी, झोला र यात्रासम्बन्धी सामग्रीको माग पनि उल्लेखनीय छ। चाडपर्वका खाद्यवस्तु, घरायसी उपभोगका सामग्री, व्यायामका उपकरण, प्रोटिनजन्य उत्पादन, पुस्तक तथा लेखन सामग्रीसमेत ग्राहकको रोजाइमा परेका छन्।

तिहारलाई लक्षित सजावटी बत्ती, रङ्गोलीका सामग्री, फर्निचर तथा घर सजावटका सामानको किनमेल पनि बढेको कम्पनीले जनाएको छ। यसले अनलाइन किनमेल ठूला विद्युतीय सामग्रीमा मात्र सीमित नभई दैनिक आवश्यकता र चाडपर्वको तयारीका सामग्रीसम्म विस्तार हुँदै गएको देखाउँछ।

६० प्रतिशतभन्दा बढी भुक्तानी विद्युतीय माध्यमबाट

दराजमा हुने कुल भुक्तानीमध्ये ६० प्रतिशतभन्दा बढी कारोबार अग्रिम भुक्तानी र क्यूआरलगायतका विद्युतीय माध्यमबाट हुने गरेको कम्पनीले जनाएको छ। बैंक तथा भुक्तानी सेवा प्रदायकसँगको सहकार्यमा उपलब्ध छुट, नगद फिर्ता र अन्य सुविधाले ग्राहकलाई विद्युतीय भुक्तानीतर्फ आकर्षित गरेको छ।

त्यसैगरी, दराज एक्सप्रेसमार्फत कम्पनीले देशभरका ५१६ सहरमा सेवा पुर्‍याउँदै आएको छ। यसले प्रमुख सहरबाहिरका उपभोक्तालाई समेत अनलाइन किनमेलमा जोड्न सहयोग गरेको कम्पनीको भनाइ छ।

दराजले विक्रेता, ब्रान्ड, स्थानीय उद्यमी तथा साना व्यवसायलाई देशभरका उपभोक्तासँग जोड्ने माध्यमका रूपमा आफ्नो प्लेटफर्मले काम गरिरहेको जनाएको छ। अभियान नोभेम्बर १९ सम्म सञ्चालन हुने भएकाले ग्राहकले मोबाइल एप तथा वेबसाइटमार्फत उपलब्ध छुट र अन्य सुविधाको लाभ लिन सक्नेछन्।