काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भोलि (कात्तिक १७ गते) काठमाडौंका चाबहिलसहित विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ ।
प्राधिकरणका अनुसार चाबहिल सबस्टेसनको ६६ केभी बस आइसोलेटर मर्मतसम्भार गर्नुपर्ने भएकाले बिहान ५ बजेदेखि ८ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुनेछ ।
यसबाट चाबहिल, पशुपति, गौशाला, मित्रपार्क, जयबागेश्वरीलगायत सबस्टेसनबाट विद्युत् वितरण हुने आसपासका क्षेत्रमा प्रभाव पर्नेछ ।
निर्धारित समयभन्दा अगावै मर्मतसम्भार सम्पन्न भएमा विद्युत् आपूर्ति सोहीअनुसार सुचारु गरिने प्राधिकरणले जनाएको छ ।









