काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्य नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने भएको छ।
शनिबार बसेको पार्टी सचिवालय बैठकपछि निर्णय सार्वजनिक गर्दै प्रवक्ता जगदीश खरेलले आचार्य नेतृत्वको टोली चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन जान लागेको जानकारी दिएका हुन्।
खरेलका अनुसार महामन्त्री आचार्यसहित पार्टीका केही सदस्य भ्रमणमा सहभागी हुनेछन्। तर, भ्रमणको मिति भने सार्वजनिक गरिएको छैन।
‘चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणा आएको छ। त्यही निमन्त्रणामा हाम्रो पार्टीका महामन्त्री विपिन आचार्यको नेतृत्वमा केही सदस्यसहितको प्रतिनिधिमण्डल छिट्टै चीन भ्रमणमा जाने भएको छ,’ खरेलले भने।










