काठमाडौं । प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । प्रतिनिधिसभाको मगलबारको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राखेको विनियोजन विधेयक बजेट पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो ।

सभामुख देवराज घिमिरेले ‘विनियोजन विधेयक २०८२ बहुमतले पारित भएको’ घोषणा गरेका थिए । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गतको दफावार छलफल सम्पन्न भएसँगै सांसदहरूले राखेका खर्च कटौतीका प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिएका थिए ।

ADVERTISEMENT

विभिन्न मन्त्रालयका लागि विनियोजनमा सांसदले खर्च कटौतीको प्रस्ताव राखेका थिए, जुन बहुमतले अस्वीकृत भएका छन् । खर्च कटौतीका प्रस्ताव बहुमतले अस्वीकृत भएपछि विनियोजन विधेयकलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो । अर्थमन्त्री पौडेलले जेठ १५ मा सरकारको आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नु भएको थियो ।

ADVERTISEMENT