काठमाडौं । नेपाल प्रहरीले आज आफ्नो ७१औँ स्थापना दिवस मनाएको छ। प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित विशेष समारोहमा गृहमन्त्री सुदन गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। स्थापना दिवसका अवसरमा बाँके जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीलाई ‘पूर्ण शान्ति पुरस्कार’ प्रदान गरिएको छ। जोखिमपूर्ण तथा उत्कृष्ट कार्य गरेको भन्दै गृहमन्त्री गुरुङले जिसीलाई उक्त पुरस्कार प्रदान गरेका हुन्। नेपाल प्रहरीमा प्रदान गरिने यस पुरस्कारसँगै २५ हजार रुपैयाँ नगदसमेत प्रदान गरिन्छ।









