काठमाडौं । केयर गिभरमा इजरायल पठाउने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेकी नेपाली कांग्रेस केन्द्रीय सदस्य उम्मेदवार विनिता खड्काको नाम पार्टीले निर्वाचित सूचीबाट हटाएको छ।
पार्टी उच्च स्रोतका अनुसार खड्काले निर्वाचन जिते पनि अन्तिम निर्वाचित सूचीमा उनको नाम समावेश गरिएको छैन।
‘उनीमाथिको अभियोगमा सफाइ नहुन्जेल उनलाई विजयको प्रमाणपत्र दिइने छैन,’ कांग्रेसका एक पदाधिकारीले भने, ‘अभियुक्तले बाहिर बसेर आफ्नो मुद्दामा लड्न पाउँछन् भन्नुको अर्थ केन्द्रीय कार्यसमितिमै बसेर लड्न पाउँछन् भन्ने होइन।’
पार्टीको निर्वाचन आयोगका नेताहरूका अनुसार अभियोगमा मुछिएका उम्मेदवारले निर्वाचन जिते पनि प्रमाणपत्र नदिने निर्णय गरिएको छ।








