काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट उपसभापतिमा निर्वाचित डा. चन्द्र भण्डारीले आफूलाई विश्वास गरेर अमूल्य मत दिने महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत धन्यवाद दिँदै भण्डारीले आफूहरूमाथि गरिएको विश्वासको शिर कहिल्यै झुक्न नदिने प्रतिबद्धता जनाएका छन्।

ADVERTISEMENT

‘तपाईंहरूले मप्रति गर्नुभएको विश्वासको शिर कहिल्यै झुक्ने छैन,’ उनले भनेका छन्, ‘सधैँ ‘म’ होइन, ‘हामी’ र ‘हाम्रो’ भन्ने भावनाका साथ अघि बढ्नेछु।’

ADVERTISEMENT

आफ्नो निर्वाचनमा साथ र समर्थन दिने सबैप्रति हार्दिक आभार व्यक्त गर्दै भण्डारीले सामूहिक भावनाका साथ अघि बढ्ने सन्देश दिएका छन्।

भण्डारीले ३ हजार ७३५ मत प्राप्त गर्दै कांग्रेसको उपसभापतिमा निर्वाचित भएका हुन्। महाधिवेशनबाट उनीसँगै मधु आचार्य र विनोद चौधरी पनि उपसभापतिमा निर्वाचित भएका छन्।