काठमाडौं। विभागीय टोली नेपाल पुलिस क्लब, खैरा भलिबल क्लब पन्जाब र सभापोखरी भलिबल क्लब बुटवलमा जारी दोस्रो मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ सिल्ड पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेका छन् ।

बीआइसीसी सम्मेलन केन्द्रमा बुधबार भएको समूह ‘ए’को अन्तिम खेलमा पुलिसले मणिमुकुन्द भलिबल क्लबविरुद्ध ३–२ सेटको रोमाञ्चक जित निकाल्यो ।

ADVERTISEMENT

प्रतिस्पर्धात्मक खेलमापुलिस २५–२०, २३–२५, २५–२०, १८–२५, १५–१२ ले विजयी भयो । लगातार तेस्रो जित निकालेको पुलिस समूह विजेता बन्यो ।

ADVERTISEMENT

यस समूहबाट खैरा भलिबल क्लब उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ । बिहीबार नै भएको खेलमा खैराले श्रीलंका पुलिस क्लबलाई ३–१ को सेटमा हरायो ।  खैराले खेल २५–२०, २५–२०, १९–२५, २५–१७ले आफ्नो पक्षमा पार्‍यो  हारसँगै मणिमुकुन्द र श्रीलंका पुलिस प्रतियोगिताबाट बाहिरिएका छन् ।

यस्तै,समूह ‘बी’ मा लगातार दोस्रो जित निकाल्दै सभापोखरी भलिबल क्लब सेमिफाइनलमा पुग्न सफल भयो । सभापोखरी क्लबले विभागीय टोली एपिएफ क्लबलाई ३–१ को सेटमा हरायो ।

ADVERTISEMENT

भारतीय खेलाडीको साथ पाएको सभापोखरीले खेल २४–२६, २५–१९, २५–२०, २०–११ ले आफ्नो पक्षमा पार्‍यो । यस्तै, दिनको अन्तिम खेल भने पूरा हुन सकेन। एपीएफ र गुजरात स्पोर्टिङ क्लबबीचको  खेलमा दुवै टोलीले १–१ सेट जितेपछि सहमतिमै खेल स्थगित गरिएको हो।

दुवै टोलीले बाँकी खेल शुक्रबार पूरा गर्ने सहमति गरेका छन् । यो खेलले सेमिफाइनलमा पुग्ने अन्तिम टोलीको टुंगो लगाउने छ । सेमिफाइनलका खेल पनि शुक्रबारै  हुनेछन्।