काठमाडौं । मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ ।

बुटवलको बीआईसिसी सम्मेलन केन्द्रमा शनिबार भएको फाइनल खेलमा पुलिसले सभापोखरी भलिबल क्लब संखुवासभालाई सोझो सेटमा हराउँदै उपाधि जितेको हो । पुलिसले २५–२३, २५–२३, २५–२२ को जित निकाल्यो । उपाधिसँगै पुलिसले सात लाख रुपैयाँ पुरस्कार पायो ।

ADVERTISEMENT

उपविजेता सभापोखरीले तीन लाख ५० हजार रुपैयाँ प्राप्त गर्‍यो । यस्तै विभागीय टोली एपीएफ क्लब तेस्रो स्थान हासिल गर्‍यो। एपीएफले खैरा भलिबल क्लब पन्जाबलाई ३–१ को सेटमा हराएको थियो । एपीएफले १८–२५, २५–१९, २५–१३, २५–११ को जित निकाल्यो । तेस्रो भएको एपीएफले एक लाख ७५ हजार रुपैयाँ पुरस्कार पायो ।

ADVERTISEMENT

चौथो भएको खैराले ७५ हजार रुपैयाँ हात पार्‍यो । पुलिसका पहल गहतराज प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले १५ हजार रुपैयाँ पाए।

यस्तै, विधागततर्फ एपीएफका सरोज बर्देवा उत्कृष्ट स्पाइकर, पुलिसका बलराम गुरुङ उत्कृष्ट सेटर, पुलिसका रेश्म छन्त्याल उत्कृष्ट सर्भर,सभापोखरीका सिभानसेन उत्कृष्ठ ब्लकर, सभापोखरीका सन्तोष राई उत्कृष्ट डिफेन्डर र पुलिसका चन्द्र कुँवर उत्कृष्ट प्रशिक्षक चुनिए ।

ADVERTISEMENT

उनीहरू जनही आठ हजार रुपैयाँ हात पारे । मदन भण्डारी स्पाेर्ट्स एकेडेमीकाे आयोजनामा असोज १२ देखि सुरु भएको प्रतियोगितामा विदेशका तीन र नेपालको चार गरी सात टोली सहभागी थिए ।