काठमाडौं । प्यालेस्टिनी सशस्त्र समूह हमास गाजामा युद्धविराम र इजरायली बन्धक रिहा गर्न सहमत भएको छ । मध्यस्थकर्ताहरूको नयाँ प्रस्तावमा हमासले सहमति जनाएको बीबीसीले उल्लेख गरेको छ ।

इजिप्ट र कतारको यो प्रस्ताव अमेरिकी राजदूत स्टिभ विटकफले जुनमा दिएको प्रस्तावको रूपरेखामा आधारित रहेको बताइएको छ। यद्यपि इजरायलको प्रतिक्रिया अहिलेसम्म आएको छैन।

ADVERTISEMENT

इजरायली बन्दी रिहा गरिएपछि स्थायी युद्धविरामको बारेमा वार्ता अगाडि बढ्नेछ। यस योजनाअनुसार पहिले ६० दिनको लागि युद्धविराम लागू गरिनेछ। यसपछि हमासले बाँकी ५० इजरायली बन्धकहरूलाई दुई समूहमा रिहा गर्नेछ। यी मध्ये २० जना जीवित हुने अपेक्षा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गरेका छन् ।

ADVERTISEMENT

सबै बन्धकहरूलाई एकैचोटि रिहा गरिएमा कुनै पनि सम्झौता स्वीकार गर्ने नेतान्याहूले बताइसकेका छन् । यदि यस्तो भयो भने दुई वर्ष लामो युद्ध रोकिने छ ।