काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडको रेटिङमा स्तरोन्नति भएको छ।

केयर रेटिङ्स नेपाल लिमिटेडले बैंकलाई यसअघि प्रदान गरेको इस्युअर रेटिङ ‘CARE-NP BBB (Is)’ लाई स्तरोन्नति गरी नयाँ इस्युअर रेटिङ ‘CARE-NP BBB+ (Is)’ प्रदान गरेको हो।

ADVERTISEMENT

रेटिङ एजेन्सीका अनुसार ‘CARE-NP BBB+ (Is)’ रेटिङ प्राप्त संस्थाहरूलाई वित्तीय दायित्व समयमै भुक्तानी गर्ने सम्बन्धमा मध्यम स्तरको सुरक्षा प्रदान गर्ने तथा मध्यम स्तरको क्रेडिट जोखिम बहन गर्ने संस्थाका रूपमा लिइन्छ।

ADVERTISEMENT

बैंकको पूँजीकोषमा भएको सुदृढीकरण, कर्जाको गुणस्तर व्यवस्थापनमा देखिएको सुधार, अनुभवी सञ्चालक समिति तथा व्यवस्थापन टोली, मुनाफामा देखिएको सुधार, व्यवसाय वृद्धि, निक्षेप संरचनामा सुधार, सुदृढ तरलता र बजार हिस्सालगायतका पक्षलाई आधार मानी रेटिङ एजेन्सीले रेटिङ स्तरोन्नति गरेको जनाएको छ।

यो रेटिङ स्तरोन्नतिले बैंकप्रति निक्षेपकर्ता, ऋणी, शेयरधनी, लगानीकर्ता, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाको विश्वास थप सुदृढ हुनुका साथै बैंकको वित्तीय सबलता तथा असल संस्थागत सुशासनप्रतिको प्रतिबद्धतालाई पुष्टि गरेको बैंकले जनाएको छ।

ADVERTISEMENT

यसले बैंकलाई प्रतिस्पर्धी लागतमा स्रोत परिचालन गर्न, संस्थागत निक्षेप तथा व्यावसायिक साझेदारी विस्तार गर्नसमेत थप सहयोग पुग्ने बैंकको विश्वास छ।

बैंकले “Customer Ready” अवधारणाअनुरूप सुरक्षित, जिम्मेवार, प्रविधिमैत्री तथा दिगो बैंकिङ अभ्यासमार्फत दीर्घकालीन संस्थागत सुदृढीकरण र व्यवसाय विस्तारमा जोड दिँदै आएको जनाएको छ।