काठमाडौं । नेपाली लोकरक ब्यान्ड ‘नेपथ्य’ले देश तथा विदेशमा आयोजना हुन लागेका आफ्ना आगामी कन्सर्टहरूको घोषणा गरेको छ।

यसै साता दक्षिण कोरियाको राजधानी सियोलमा प्रस्तुति दिएको ब्यान्डले थप ९ वटा कन्सर्टको मिति सार्वजनिक गरेको हो। ब्यान्डका अनुसार आगामी ४ अक्टोबरमा दुबईमा कन्सर्ट आयोजना हुनेछ।

ADVERTISEMENT

त्यसपछि १० अक्टोबरमा काठमाडौंको कीर्तिपुर, ३१ अक्टोबरमा सिक्किम, ४ नोभेम्बरमा इटहरी, ७ नोभेम्बरमा चारआली, झापा, १९ नोभेम्बरमा सौराहा, चितवन, २२ नोभेम्बरमा पुतलीबजार, स्याङ्जा, २५ नोभेम्बरमा बेनी, म्याग्दी र २८ नोभेम्बरमा बेलचौतारा, तनहुँमा नेपथ्यको प्रस्तुति तय भएको छ।

ADVERTISEMENT

ब्यान्डले आफ्नो आधिकारिक वेबसाइटमार्फत कन्सर्टसम्बन्धी जानकारी सार्वजनिक गर्दै अधिकांश कार्यक्रमका लागि टिकट बिक्री खुलिसकेको जनाएको छ।

नेपथ्यले पछिल्लो समय नेपालसँगै विदेशमा समेत नियमित रूपमा सांगीतिक प्रस्तुति दिँदै आएको छ। सियोलपछि सार्वजनिक गरिएको नयाँ कन्सर्ट तालिकाले ब्यान्डको व्यस्त सांगीतिक यात्रा देखाएको छ।