काठमाडौं, असोज ५ । ब्रिटिश प्रोफेसनल कलेज (BPC) ले काठमाडौंमा ACCA Presents: BPC Cricket League 2026 आयोजना गर्ने भएको छ।चारदिने इन्डोर क्रिकेट प्रतियोगिता सेप्टेम्बर २३ देखि २६ सम्म बूढानीलकण्ठ, चुनिखेलस्थित रोयल स्पोर्ट्स पार्कमा सञ्चालन हुनेछ।

प्रतियोगितामा ACCA विद्यार्थी, एफिलिएट, सदस्य, ACCA Approved Learning Partners, ACCA Approved Employers तथा व्यक्तिगत ACCA सदस्यका टोली सहभागी हुनेछन्। विभिन्न ACCA प्रदायक संस्था तथा समुदायको प्रतिनिधित्व गर्ने १६ टोली प्रतियोगितामा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ।

ADVERTISEMENT

प्रतियोगितामा ब्रिटिश प्रोफेसनल कलेजका दुई, Certified College of Accountancy (CCA) का तीन, Seed Academy का दुई तथा Learning Park, Bright Academy, FinT Learning Hub, Embark College, Seekshya Academy, GNS Astra, Sloogers र AGK Partners का एक–एक टोली सहभागी हुनेछन्।

ADVERTISEMENT

खेलकुदमार्फत ACCA समुदायबीच टिमवर्क, नेतृत्व, सञ्चार, नेटवर्किङ र सहकार्यलाई थप बलियो बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बीपीसीले जनाएको छ। प्रतियोगिताले विद्यार्थी, पेशागत जनशक्ति तथा ACCA सदस्यलाई कक्षाकोठा र कार्यस्थलभन्दा बाहिर एउटै खेलकुद मञ्चमा जोड्ने अपेक्षा गरिएको छ।

प्रतियोगिताको कुल पुरस्कार राशि १ लाख ५० हजार रुपैयाँ रहेको छ। प्रतियोगिताको शीर्ष प्रायोजक ACCA रहेको छ भने Aavan Trading, Auztrix Educational Hub, Shubham International Hospital र AGK Partners ले सहयोग गरेका छन्।

ADVERTISEMENT

ब्रिटिश प्रोफेसनल कलेज द ब्रिटिश कलेजको भगिनी संस्था हो। बीपीसीले नेपालमा सन् २०१३ देखि ACCA कार्यक्रम सञ्चालन गर्दै आएको छ। कलेजले ACCA को Platinum Status प्राप्त गरेको जनाएको छ। शैक्षिक कार्यक्रमसँगै बीपीसीले विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप, व्यावसायिक नेटवर्किङ तथा विभिन्न सह–पाठ्यक्रम गतिविधिमा सहभागी हुने अवसर प्रदान गर्दै आएको छ।