काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतरपक्षका नेताहरु पूर्वसभापति शेरबहादुर देउवाको क्याम छाडेर संस्थापन पक्षमा पुगेपछि आन्तरिक शक्ति संघर्षमा सभापति गगन थापापक्ष बलियो देखिएका छन् । महाधिवेशनको पुर्वसन्ध्यामा देउवा समूह रित्तिए पनि आन्तरिक विवाद कायमै छ ।

१५ औं महाधिवेशनको वडा अधिवेशन सुरु हुनुअघि पूर्वसभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षका २१ जनाभन्दा बढी नेताको साथ सभापतिले थापाले पाए । भोलिदेखि सुरु हुने महाधिवेशन कांग्रेस राजनीतिमा थप नाटकीय परिवर्तन भएन भने विवाद कायमै रहँदा कांग्रेस औपचारिक रुपमा फुट्ने निश्चित जस्तै भएको छ ।

ADVERTISEMENT

शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षका २१ नेतालाई केन्द्रीय समितिमा थप गरेका सभापति गगन थापा बिहीबार सानेपामा निकै हौसिएका देखिन्थे । उनले पूर्वसभापति शेरबहादुर देउवालाई १५ औं महाधिवेशनको उद्घाटन गर्न सार्वजनिक आह्वान नै गरे ।

ADVERTISEMENT

‘मेरो आदरणीय नेता पूर्वपार्टी सभापति शेरबहादुर देउवालाई म आग्रह गर्न चाहन्छु,’ थापाको भनाइ छ, ‘कतिपय साथीहरूले भन्नुभएको छ, पर्सि हाम्रो अधिवेशन छ । अधिवेशनको दिनमा पूर्वपार्टी सभापतिले आएर अधिवेशनको उद्घाटन गरिदिने कुरा हाम्रा लागि ठूलो सम्मानको विषय हुन्छ ।’

तर पूर्ण एकताका लागि १५ औं महाधिवेशन स्थगित गरेर संवाद अघि बढाउन नेताहरुले दबाब भने दिइरहेका छन् । कांग्रेस नेता शेखर कोइरालाले विज्ञप्ति जारी गर्दै गगन थापा र शेरबहादुर देउवा दुवै पक्षले गर्न खोजेको महाधिवेसन रोकेर एकतामै जानु पर्ने आग्रह मात्र गरेका छैनन्, कांग्रेसभित्रको विवादलाई पटकथा भन्दै त्यो अरु कसैले नै लेखिरेहको गम्भीर आरोपसमेत लगाएका छन् । शेखरको अपिलमा ३ असोजदेखि हुने महाधिवेशनको बहिस्कार गर्ने त भनिएको छैन तर रोक्न प्रष्ट सब्दले आग्रह गरिएको छ साथै आफू सहभागी नहुने संकेत पनि गरेका छन् ।

ADVERTISEMENT

शेखरले भनेका छन्- दु:खका साथ भन्नु पर्छ, यतिखेर नेपाली कांग्रेसको पटकथा कहाँबाट कसले कसरी लेखिरहेका छन मलाई थाहा छैन , मलाई यसबाट पिडा छ मेरोपिडासंग कार्यकर्ता साथीहरुको भावना जोडिएकोछ ।

पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि दुवै महाधिवेशन नरोकिए कांग्रेस विभाजन कसैले रोक्न नसक्ने भन्दै आफ्नै अग्रसरतामा वार्ता र सम्वाद अघि बढाउन सभापति थापालाई आग्रह गरेका छन् । संस्थापनले असोज ३ गतेदेखि महाधिवेशनको प्रकृया सुरु गर्दै छ भने देउवा पक्षले १५ गते देखि सुरु गर्ने घोषणा गरेको छ ।