काठमाडौं । इलामको फाकफोकथुम गाउँपालिका–६ हाङ्गासुलीमा अटो दुर्घटनापछि भएको आगलागीमा परी आमा–छोरीको मृत्यु भएको छ।

शनिबार मंगलबारेबाट हाङ्गासुलीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००३ ह ६९६७ नम्बरको अटो पोखरी–कमेरेको भित्री कच्ची सडकमा अनियन्त्रित भई सडकबाट तल खसेको थियो। दुर्घटनालगत्तै अटोमा राखिएको जर्किनबाट पेट्रोल लिक भएर आगलागी भएको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

आगलागीमा गम्भीर घाइते इलाम नगरपालिका–७ तिल्केनीकी ३७ वर्षीया कविता श्रेष्ठ र उनकी ८ वर्षीया छोरी खुसिका श्रेष्ठको झापास्थित बीएनसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

ADVERTISEMENT

कविता छोरी खुसिकालाई लिएर हाङ्गासुलीस्थित माइतीघर जाँदै थिइन्। दुर्घटनामा अटो चालक ३५ वर्षीय लोकबहादुर श्रेष्ठ पनि घाइते भएका छन्। उनको शरीरका विभिन्न भाग जलेको र बीएनसी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै, २७ वर्षीया मन्दिरा थापा, २२ वर्षीया दुर्गादेवी श्रेष्ठ र ४० वर्षीया रमाकुमारी श्रेष्ठ घाइते भएका छन्। मन्दिराको अवस्था मध्यम रहेको तथा अन्य घाइतेको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

ADVERTISEMENT