काठमाडौं । केडिया समूहले बाढी तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ।
केडिया परिवारको तर्फबाट समूहले मंगलबार सहयोग रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो।
विपद्का कारण प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन तथा उद्धार र पुनःस्थापनाका कार्यमा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको केडिया समूहले जनाएको छ।
पछिल्लो समय बाढी, पहिरो लगायतका प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि निजी क्षेत्र, उद्योगी–व्यवसायी, बैंक तथा वित्तीय संस्था र विभिन्न संघसंस्थाले प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गर्ने क्रम बढेको छ।
केडिया समूहको सहयोग पनि विपद् प्रभावित नागरिकको तत्कालीन राहत तथा पुनःस्थापनामा उपयोग हुने अपेक्षा गरिएको छ।






