काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालबीच कार्यगत एकता भएको छ ।
बिहीबार नयाँ बानेश्वरस्थित एक पार्टी प्यालेसमा राई र महतोले कार्यगत एकता गर्ने सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । चाँडै यी दुई दलबीच एकतासमेत हुने बताइएको छ ।
कार्यगत एकताको सहमतिपत्रमा जसपा अध्यक्ष राई र रामुपाका अध्यक्ष महतोले हस्ताक्षर गरेका छन् । राई उपेन्द्र नेतृत्वको जसपा नेपालबाट अलग भएका हुन् भने महतो महन्थ ठाकुर नेतृत्वको लोसपाबाट अलग भएका हुन् ।
उपेन्द्र यादवसँग बिच्केपछि मधेश पस्न राईले राजेन्द्र महतोको सहारा लिएका हुन् । आउने निर्वाचनसम्म दुई पार्टीबीच एकता हुने भएको छ । विगतमा उपेन्द्र, अशोक र राजेन्द्र एउटै पार्टीमा थिए ।








