काठमाडौं । रसुवामा बुधबार बिहान आएको भीषण बाढीमा परी ५१७ जना विदेशी पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार विभिन्न आठ देशका पर्यटकहरू सम्पर्कविहीन भएका हुन्।

सम्पर्कविहीन हुनेमा भारतका सबैभन्दा धेरै १७८ जना छन्। त्यस्तै अमेरिकाका ६५, अष्ट्रेलियाका ३५, युक्रेनका ३५, बेलायतका ३३, क्यानडाका २५, जापानका ५ र रुसका ८ जना पर्यटक रहेका छन्।

यसैगरी, बाढीका कारण १२७ जना आन्तरिक पर्यटक पनि सम्पर्कविहीन भएको नेपाल पर्यटन बोर्डले जनाएको छ।

ADVERTISEMENT

बुधबार बिहान करिब ९ बजे आएको बाढीले रसुवासहित नुवाकोट, धादिङ र गोरखाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण जनधनसँगै सडक, पुल तथा अन्य भौतिक संरचनामा समेत क्षति पुगेको छ।

ADVERTISEMENT

नेपाल प्रहरीका अनुसार विपद्मा परी हालसम्म १६२ जनाको शव फेला परेको छ भने २८ जना प्रहरीसमेत सम्पर्कविहीन रहेका छन्। बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

ADVERTISEMENT