बारा । बारामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको आइतबार अन्त्येष्टि गरिएको छ।

गत मंगलबारदेखि कलैया प्रादेशिक अस्पतालको शवगृहमा राखिएको गरिमाको शव परिवारले आइतबार बुझेपछि कलैया उपमहानगरपालिका–१४ बघवनस्थित पसाहा खोलामा हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरिएको हो।

उनका बाबु मनोज चौधरीले दागबत्ती दिएका थिए। गरिमाको हत्याविरुद्ध बुधबारदेखि जारी सडक आन्दोलन शनिबार मध्यरातमा सरकार र पीडित परिवारबीच सहमति भएपछि रोकिएको थियो।

ADVERTISEMENT

सहमतिपछि गरिमाका बाबु मनोज चौधरी र आमा मानमती चौधरी आइतबार काठमाडौंंबाट बारा फर्किएका थिए। काठमाडौं फर्किएलगत्तै उनीहरूले कलैया अस्पताल पुगेर छोरीको शव बुझेका थिए।

ADVERTISEMENT

त्यसपछि परिवार, आफन्त तथा स्थानीयको उपस्थितिमा गरिमाको अन्तिम संस्कार गरिएको हो। अन्त्येष्टिमा बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, प्रहरी उपरीक्षक नरेन्द्र कुँवरलगायत सुरक्षा अधिकारीहरूको समेत उपस्थिति थियो।

ADVERTISEMENT