काठमाडौं । बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका आमा–बुवासँग गृह मन्त्रालयमा छलफल भइरहेको छ।

गृहमन्त्री सुधन गुरुङ, काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) तथा कृषि मन्त्री गिता चौधरीको उपस्थितिमा गरिमाका आमा–बुवासँग छलफल जारी रहेको हो।

पीडित परिवारलाई काठमाडौं ल्याएर गृह मन्त्रालयमा छलफल गरिएको हो। छलफलमा गरिमा चौधरीको हत्या घटनापछि परिवारले उठाएका न्यायका माग तथा घटनाको अनुसन्धान र आगामी प्रक्रियाबारे कुराकानी भइरहेको बताइएको छ।

ADVERTISEMENT

गरिमाका आमा–बुवालाई शनिबार सिमरा विमानस्थलबाट स्थानीय अभियन्ताको साथमा काठमाडौं ल्याइएको थियो। काठमाडौं आउनुअघि गरिमाका बुवा मनोज चौधरीले छोरीको न्यायका लागि स्थानीयस्तरमा जारी आन्दोलनलाई निरन्तरता दिन आग्रह गरेका थिए।

ADVERTISEMENT

पीडित परिवार र सरकारी प्रतिनिधिबीचको छलफलबाट घटनाबारे थप पहल तथा न्यायको प्रक्रियाले गति लिने अपेक्षा गरिएको छ।

ADVERTISEMENT