काठमाडौं । एनसेलले १९८ वटा गन्तव्य मुलुकका लागि अन्तर्राष्ट्रिय आउटगोइङ अर्थात् बहिर्गमन कलको पल्स दर परिवर्तन गरेको छ। नयाँ व्यवस्था भाद्र २ गते मंगलबारदेखि लागू भएको हो।

नेपाल दूरसञ्चार प्राधिकरणको साउन २२, २०८३ को स्वीकृतिपछि एनसेलले अन्तर्राष्ट्रिय कलमा ६० सेकेन्डको नयाँ पल्स दर लागू गरेको जनाएको छ। दूरसञ्चार ऐन, २०५३ को दफा ४२ अनुसार प्राधिकरणले एनसेलको नयाँ पल्स दरलाई स्वीकृति दिएको हो।

ADVERTISEMENT

नयाँ पल्स दरअन्तर्गत अष्ट्रेलिया, अमेरिका, क्यानडा, चीन, भारत, जापान, दक्षिण कोरिया, मलेसिया, न्युजिल्याण्ड, पाकिस्तान, कतार, साउदी अरेबिया, सिङ्गापुर, दक्षिण अफ्रिका, थाइल्याण्ड, संयुक्त अरब इमिरेट्स, बेलायत, मेक्सिको, लिबिया लगायतका मुलुकमा अन्तर्राष्ट्रिय कल सेवा लागू हुनेछ। एनसेलका अनुसार नयाँ पल्स दर लागू भएका सबै मुलुकको पूर्ण सूची तथा अन्तर्राष्ट्रिय कल र एसएमएसको शुल्क कम्पनीको वेबसाइटमा उपलब्ध छ।

ADVERTISEMENT