विराटनगर । नेपाली कांग्रेसले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आज बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

कांग्रेसले समर्थन फिर्ता लिएसँगै प्रदेशसभामा विपक्षी बेन्चमा बस्ने गरी पत्र पठाएको प्रदेशसभा सचिव सुदर्शन खड्काले जानकारी दिए। कोशी प्रदेशसभामा कांग्रेसका २९ जना सांसद छन्।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिन कांग्रेससँग आग्रह गर्दै आएका थिए। तर कांग्रेस संसदीय दलको बैठकले सरकारलाई समर्थन जारी राख्नुको सट्टा समर्थन फिर्ता लिने निर्णय गरेको हो।

ADVERTISEMENT

कांग्रेसले समर्थन फिर्ता लिएपछि कोशी प्रदेश सरकारको राजनीतिक समीकरणमा फेरबदल आएको छ। अब मुख्यमन्त्री कार्कीले प्रदेशसभामा आफ्नो सरकारको पक्षमा रहेको समर्थन र बहुमतबारे पुनः राजनीतिक हिसाब मिलाउनुपर्ने अवस्था देखिएको छ।

ADVERTISEMENT