काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना गरेको राष्ट्रिय भेलामा पूर्वसभापति शेरबहादुर देउवा पुगेका छन् । कार्यक्रम सुरु भएको डेढ घण्टापछि उनी सहभागी भएका हुन् ।
भेलाकाे देउवाले उद्घाटन गरेका छन् । नेपाल फर्किएपछि यो उनको पहिलो औपचारिक कार्यक्रम हो । यो भेलालाई देउवाले सम्बोधन गर्नेछन् ।
उनी करिब साढे पाँच महिनापछि बिहीबार नेपाल फर्किएका थिए । पार्टी संस्थापन पक्षलाई दबाब दिन भेला आयोजना गरिएको भनिए पनि परिआए नयाँ दल खोल्नेसम्मको तयारी छ ।
तर सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकताको मुद्दामा सुरुदेखि नै सुनुवाइ गर्ने गरी निस्सा दिएकाले यही भेलाले नयाँ पार्टी घोषणा गर्ने सम्भावना भने न्यून रहेको नेताहरूको भनाइ छ ।







