काठमाडौं । नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेला सुकेधारास्थित मिराकल पार्टी भेन्युमा सुरु भएको छ ।

भेला सुरू भए पनि कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा कार्यक्रमस्थलमा पुगसिकेका छैनन् । उनले भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

भेलामा इतर समूहले पाँच हजारभन्दा बढी उपस्थित हुने दाबी गरेको छ । र, त्यहीअनुसार निमन्त्रणा पठाइएको छ । तर कांग्रेसका वर्तमान कार्यसमिति, क्षेत्रीय समिति, जिल्ला समिति, गाउँ/नगरपालिका समितिका निकै कम पदाधिकारी भेलामा देखिएका छन् ।

ADVERTISEMENT

हाल पार्टीका कुनै पनि समितिमा नरहेका देउवा र शेखर कोइराला समूहका नेता कार्यकर्तामात्र भेलामा देखिएका छन् । भेलालाई शेखर कोइरालाले पनि सम्बोधन गर्ने कार्यक्रम छ । देउवा समूहले शशांक कोइरालालाई संयोजक तोकेर राष्ट्रिय भेला आयोजना गरेको छ ।

ADVERTISEMENT

इतर समूहले पार्टी संस्थापन पक्ष एकताका लागि तयार नभए नयाँ दल खोलेर जानुपर्नेसम्मका दस्तावेज तयार पारेको छ । भेलामा पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, शेखर कोइराला, विजयकुमार गच्छदार, विमलेन्द्र निधि, प्रकाशशरण महतलगायतका नेता उपस्थित छन् ।

ADVERTISEMENT