काठमाडौं । अविरल वर्षापछि मादीखोलामा आएको बाढीले कास्की र पर्वत जोड्ने दुई वटा मेटल पुल बगाएको छ।

राति करिब २:१५ बजे आएको बाढीले अन्नपूर्ण गाउँपालिका–५ र ६ को सिमानामा रहेको मोदीखोलामाथिका दुई वटा पुल बगाएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

ADVERTISEMENT

बाढीले खोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरमा समेत क्षति पुर्‍याएको छ। मन्दिरको करिब आधा भाग बाढीले क्षति पुर्‍याएको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

मन्दिरमा एक जना सन्त पुजारी र दुई जना भक्तजन गरी तीन जना फसेका छन्। उनीहरूको उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट चार जना रोप रेस्क्यु तथा तीन जना गोताखोरसहितको उद्धार टोली घटनास्थल पुगेको छ।

बाढीका कारण दुई पुल बग्नुका साथै मन्दिरमा समेत क्षति पुगेपछि उद्धार कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको प्रहरीले जनाएको छ।

ADVERTISEMENT