काठमाडौं । साढे पाँच महिनापछि नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन् । बिहीबार मध्याह्रन साढे १२ बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका छन् ।
गत भदौ २२ र २३ मा भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका देउवा दम्पत्ती त्यतिबेला विदेशिएका थिए । बिहीबार देउवामात्र स्वदेश फर्किएका हुन् । आरजु राणा देउवा भने केही समय विदेशमै रहने बुझिएको छ ।
देउवा आउने भएपछि त्रिभुवन विमानस्थलमा कांग्रेस कार्यकर्ताहरुको बाक्लो उपस्थिति देखिएको छ । देउवाको स्वागतका लागि कांग्रेस इतर पक्षले विभिन्न तीन ठाउँमा स्वागत कार्यक्रम राखेको छ भने विमानस्थलमा देउवालाई बाजागाजासहित स्वागत गरिने जनाइएको छ ।
इतर समूहका पूर्णबहादुर खड्का, शशांक कोइराला, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, मोहनबहादुर बस्नेतलगायतका नेता विमानस्थलमा भेला भएका छन् ।







