काठमाडौं । लामो समयदेखि रोकिएको बचत रकम फिर्ता हुने क्रमसँगै विभिन्न १० वटा सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम फिर्ता पाएका छन् ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अनुसार आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित सहकारीका बचतकर्तालाई रोकिएको रकम फिर्ता गरिएको हो ।
प्राधिकरणका अनुसार ब्रिटिस गोर्खा बचत तथा ऋण सहकारी संस्थाका मात्रै १७४ जना बचतकर्ताले बचत रकम फिर्ता पाएका छन् । बाँकी नौ सहकारीका २३ जना बचतकर्ताले पनि विभिन्न परिमाणमा रकम फिर्ता पाएका छन् ।
रकम फिर्ता गरिएका अन्य सहकारीमा संकटा बचत तथा ऋण, वीर विनायक बचत तथा ऋण, समदर्शी उपभोक्ता, पूर्वोदय बचत तथा ऋण, अर्थ बहुउद्देश्यीय, श्वेत भैरव बचत तथा ऋण, सिर्जनशील बचत तथा ऋण, गेनबेल बचत तथा ऋण र शोभा भगवती बहुउद्देश्यीय सहकारी रहेका छन् ।





