भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–८ बोडेस्थित ऐतिहासिक कमलपोखरीमा यतिबेला कमल फूल फुलेको छ ।

विगतमा अतिक्रमण र फोहोरका कारण अस्तित्व संकटमा परेको ३ सय वर्ष पुरानो मानिने यो पोखरीलाई स्थानीय सरकार र समुदायको अग्रसरतामा संरक्षण गरिएको छ ।

पोखरीको संरक्षण गरिएपछि यस वर्ष रैथाने रैपरका रूपमा चिनिने कमलका फूल ढकमक्क फुलेका छन् ।

ADVERTISEMENT

यहाँ फुलेको कमलको फूल बोडे लायकू दरबारमा दशैँमा तलेजुलाई चढाउने, कमलको पातमा तलेजुको पुजारीले भोज खानुपर्ने, साउनमा हुने नीलबाराही नाचमा यहीँको फूल चढाएर जात्रा चलाउने परम्परा छ ।

ADVERTISEMENT

करिब चार दशकअघि यो पोखरीको जग्गा व्यक्तिको नाममा दर्ता गरिएको पाइएको थियो । अदालतले चार वर्षअघि यो सार्वजनिक सम्पत्ति भएको फैसला गरेपछि सरकारको स्वामित्वमा आएको थियो ।