काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले टेकुस्थित ग्यास वितरण डिपोको अनुगमन गरेकी छिन्।

शनिबार डिपोको अनुगमन गर्दै मन्त्री यादवले कीर्तिपुर क्षेत्रमा बस्ने विद्यार्थीलाई लक्षित गरी पर्याप्त ग्यास वितरणको व्यवस्था मिलाउन सम्बन्धित ग्यास वितरक कम्पनीहरूलाई निर्देशन दिएकी हुन्।

कीर्तिपुर शैक्षिक केन्द्र भएकाले ठूलो संख्यामा विद्यार्थी डेरा गरी बस्ने गरेको भन्दै उनले विद्यार्थीलाई ग्यासको अभाव हुन नदिन विशेष ध्यान दिन निर्देशन दिएकी छन्।

ADVERTISEMENT

उनले बजारमा ग्यासको उपलब्धता तथा वितरणको अवस्थाबारे जानकारी लिँदै उपभोक्ताले भोगिरहेका समस्या र गुनासोबारे समेत चासो राखेकी थिइन्।

ADVERTISEMENT

उपभोक्ताको गुनासो र बजारको वास्तविक अवस्था बुझ्न मन्त्री आफैँ डिपोमा पुगेको उनको सचिवालयले जनाएको छ।

मन्त्री यादवले ग्यासको सहज आपूर्ति र वितरण सुनिश्चित गर्न सम्बन्धित निकाय तथा व्यवसायीलाई जिम्मेवार भएर काम गर्न आग्रह गरेकी छन्।