आउँदो असोज २ गते प्रदर्शनमा आउने फिल्म ‘कार्की साइला’को पहिलो गीत ‘लग्यौ परान’ सार्वजनिक भएको छ।

निर्मण टिमले मंगलबार पत्रकार सम्मेलन गरेर प्रचारप्रसार स्वरुप गीत रिलिज गरेको हो। विष्णु नेपाल नेपालीको रहेको शब्द रचना रहेको गीतमा श्रेय अगस्ती र बेनिशा पौडेलको स्वर सुन्न सकिन्छ।

ADVERTISEMENT

गीतको भिडिओमा फिल्मका मुख्य कलाकार जितु नेपाल र प्रियाना आचार्यलाई देख्न सकिन्छ। उनीहरुको कमेस्ट्री निकै सुहाएको छ।

संकेत अगस्तीको संगीत रहेको गीतलाई विशाल निरौलाले एरेन्ज गरेका हुन्। फिल्ममा जितु र प्रियानाका साथै शुशील पोखरेल, वीरेन्द्र सिंह कुशवाहा, मान्शी शर्मा, मनिल तामाङ, दिप्सन लिम्बु, कमल देवकोटा, रोदा राई, मेनुका आचार्य र गणेश राजभण्डारीलगायतका कलाकारको अभिनय छ।

ADVERTISEMENT

डम्बर राईको कथामा निर्माण भएको यस फिल्मलाई राजेन्द्र बस्नेतले निर्देशन गरेका हुन्। फिल्मको पटकथा तथा संवाद शंकर धिताल र सबिन अधिकारीले संयुक्त रूपमा तयार पारेका हुन्। बालकुमार राई र निर्भिक बञ्जाराको लगानी रहेको यो फिल्मको कार्यकारी निर्मातामा भने अनन्त राई रहेका छन्।