काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीबाट एकपछि अर्को नेता निस्कने क्रम जारी छ । विगतमा ठूलो रापताप रहेको लोसपामा पुराना नेताले पार्टी छाड्ने र जिम्मेवारी निर्वाह गरिरहेका युवा पुस्तालाई पनि निमोठ्ने सिलसिला चलिरहेको छ ।

लोसपाका सिनियर नेता अनिलकुमार झाले पार्टी छाडेका छन् । उनी सद्भावना पार्टी हुँदै लोसपामा थिए । लामो समयदेखि राजनीतिमा निष्क्रिय रहँदै आएका झाले ह्वाटसएपमार्फत अध्यक्ष ठाकुरलाई राजीनामा बुझाएका हुन् । उनको राजीनामा स्वीकृत भइसकेको छ ।

ADVERTISEMENT

समाचारअनुसार झाले लोसपामै रहदाँ पनि नेपाल सदभावना पार्टी पुनर्गठन गर्न खोजिरहेका थिए । नेपाल सदभावना पार्टी र पञ्जा छाप चुनाव चिन्ह लिने उनको प्रयास जारी छ, तर सफल भएको छैन् । सो पार्टी सिरहाका रामकुमार महतो नामका एकजना पुराना सदभावना नेताको नाममा दर्ता छ ।

ADVERTISEMENT

एक महिनाअघि मात्रै प्रवक्तामा नियुक्ति भएका महासचिव मनिष झाको प्रवक्ताको जिम्मेवारी खोसिएको छ। श्रममन्त्री शरतिसंह भण्डारीको ‘फिर्ता’ का बारेमा अभिब्यक्ति दिए पछि उनको पद खोसिएको बुझिएको छ।

‘सहमतिअनुसार शरतिसंह भण्डारीले अब राजीनामा दिएर पार्टी काममा फर्कनु हुन्छ, अब सरकारमा नयाँ अनुहार जान सक्छन्,’ भन्ने अभिब्यक्ति दिएकाले उनलाई अध्यक्ष ठाकुरले प्रवक्तावाट हटाएका हुन् । उनको महासचिव पद भने कायमै छ ।

ADVERTISEMENT