काठमाडौं । मनास्लु एसआरसी प्लस टु अन्तरकलेज छात्र बासकेटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
मनास्लुले प्रिमियरलाई ८५–५० ले पराजित ग¥यो । ४ टिम रहेको समूह ‘बी’ बाट मनास्लु सबै खेल जित्दै विजेताका रुपमा सेमिफाइनल पुगेको हो । मनास्लुका प्रदिन बोहराले १३ अंक जोडे ।
चारै क्वाटरमा अग्रता लिएको मनास्लुले २३–१४, २६–४, १६–१५ र २०–१७ स्कोर ग¥यो ।एइसीसी ग्लोबल कन्सल्टेन्ट्सको मुख्य प्रायोजन तथा पुल्चोकियन्स फिट्नेस हबको आयोजनामा भइरहेको प्रतियोगताको समूह ‘ए’ को खेलमा लालीगुराँस नेसनल एकेडेमी र सीसीआरसीले जित हात पारे । ३ खेलेमा लालीगुराँसको दोश्रो जित हो ।
उत्तिनै खेल खेलेको सीसीआरसीको लगातार तेश्रो जित हो । यो समूहमा ५ टिम छन् । कीर्तिपुरस्थित कभर्डहलमा लालीगुराँसले गोल्डेनगेट ‘ए’ लाई ७२–४८ ले हरायो । लालीगुराँसका आयुश राईले १८ स्कोर गरे । सुरुका ३ क्वाटरमा लालीगुराँसले क्रमशः २०–७, १६–१० र १९–१४ ले आफ्नो पक्षमा पा¥यो । चौथो क्वाटर १७–१७ को बरारबीमा टुंगियो ।
सीसीआरसीले पुष्पसदनलाई ६६–५० ले पाखा लगायो । सीआरसीका विसन खड्काले ३० अंक बटुले । सुरुको २ क्वाटरमा १९–११ र २८–१३ को अग्रता बनाउदै सीसीआरसीले जितको आधार खडा गरेको थियो ।
तेश्रो क्वाटरमा १४–१४ को बराबरीमा रोकियो सीसीआरसी चौथोमा ५–१२ ले पछि प¥यो ।





