काठमाडौँ । सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा.सुवास प्याकुरेललाई नियुक्त गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले उनलाई बिहीबार पद तथा गोपनीयताको शपथ गराइन् ।

प्याकुरेललाई खुला प्रतिस्पर्धाका आधारमा नियुक्त गरिएको मन्त्रालयले जनाएको छ ।

ADVERTISEMENT

बोर्डको अध्यक्षका लागि डा.राजेन्द्रकुमार पोख्रेल, सुभाष प्याकुरेल, बुद्धकाजी श्रेष्ठ, गंगाप्रसाद जोशी, डा.प्रमोदकुमार यादव, डा.मुक्तिनाथ खनाल, डा.होमनाथ गैरे , राजेन्द्र श्रेष्ठ, तुलसीप्रसाद सुवेदी, विमला भट्ट, पारस अधिकारी, रोशनकुमार महतो र उत्तमकुमार कोइरालाले आवेदन हालेका थिए ।