काठमाडौँ। सिक्लेस हाईड्रोपावरले लाभांश घोषणा गरेको छ । कम्पनीको साउन २५ गते बसेको सञ्चालक समितिको बैठकले पछिल्ला दुई आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको हो।
कम्पनीले आव २०८०–८१ र २०८१–८२ सम्मको संचित मुनाफाबाट चुक्ता पूँजीको १५ प्रतिशतले हुन आउने १२ करोड ७५ लाख बराबरको बोनस शेयर र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.७८९ प्रतिशतले हुन आउने ६७ लाख १० हजार ५ सय २६ रुपैयाँ ३२ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
उक्त प्रस्ताव आगामी बार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीले प्राप्त गर्नेछन्।












