काठमाडौं – सरकारले प्रशासनिक सुधारअन्तर्गत मन्त्रालयहरूको संख्या २२ बाट १८ मा झारेसँगै कर्मचारी दरबन्दी मिलान र संगठन संरचना व्यवस्थापनको कामलाई अन्तिम चरणमा पुर्‍याएको जनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार नवगठित तथा गाभिएका मन्त्रालय र मातहतका निकायहरूको संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षण भइरहेको छ। सर्वेक्षणपछि केही दरबन्दी कटौती हुन सक्ने र केही कर्मचारी ‘फाजिल’ मा पर्न सक्ने अवस्था देखिएको छ।

ADVERTISEMENT

यही अवस्थालाई मध्यनजर गर्दै सरकारले स्थायी पदपूर्तिका लागि लोक सेवा आयोगमा पठाइने नयाँ मागमा कडाइ गरेको छ। सोमबार बसेको सचिवहरूको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पूर्वस्वीकृतिबिना नयाँ स्थायी पदपूर्तिका लागि लोक सेवा आयोगमा माग नपठाउने निर्णय गरेको हो।

यद्यपि सरकारले पदपूर्ति प्रक्रिया पूर्ण रूपमा रोकिएको नभएको स्पष्ट पारेको छ। प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्याल ले फाजिल कर्मचारीको व्यवस्थापनपछि आवश्यक परेका रिक्त पद तथा नयाँ स्वीकृत दरबन्दीका लागि नियमित रूपमा लोक सेवा आयोगमा माग पठाइने जानकारी दिएका छन्।

ADVERTISEMENT

753550590_2546305629218972_343433786104990147_n