काठमाडौं । कृषि विकास बैंकले आर्थिक वर्ष २०८१÷८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै आफ्नो इतिहासकै सबैभन्दा उच्च नाफा आर्जन गरेको जनाएको छ।

बैंकले प्रकाशित विवरणअनुसार कुल नाफा झन्डै ५० प्रतिशतले वृद्धि भएको छ भने खुद मुनाफा अघिल्लो वर्षको सोही अवधिसँग तुलना गर्दा ४२ प्रतिशतले बढेर  ४ अर्ब १५ करोड ४४ रुपैयाँ लाख पुगेको छ। अघिल्लो आर्थिक वर्ष यसै अवधिमा बैंकले र २ अर्ब ८९ करोड ७४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो।

ADVERTISEMENT

बैंकको सञ्चालन नाफा पनि उल्लेख्य रूपमा सुधार भएको छ। अघिल्लो वर्षको ९ अर्ब ७६ करोडको तुलनामा यस वर्ष सञ्चालन नाफा बढेर ११ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ। प्रमुख आम्दानीको श्रोत मानिने खुद ब्याज आम्दानी यस अवधिसम्म रु ९ अर्ब ८२ करोड पुगेको छ।

ADVERTISEMENT

वित्तीय विवरणअनुसार बैंकले यस अवधिमा रु २ खर्ब ९३ अर्ब ५७ करोड निक्षेप संकलन गरेको छ भने कर्जा परिचालन रु २ खर्ब १६ अर्ब २ करोड पुगेको छ। बैंकको कुल सम्पत्ति रु ३ खर्ब ६२ अर्ब ५० करोड कायम रहेको छ।

बैंकले स्टान्डर्ड चार्टर्ड बैंकलाई बेचेको रु ८ अर्ब बराबरको कृषि कर्जा घटाएपछि पनि लाभांश क्षमता उच्च देखिएको छ। सो अवधिमा बैंकसंग लाभांश क्षमता १८.५३ प्रतिशत रहेको र वितरणयोग्य मुनाफा रु २ अर्ब ८७ करोड कायम रहेको विवरणमा उल्लेख छ।

ADVERTISEMENT