काठमाडौं । अभिनेता तथा निर्देशक माओत्से गुरुङ निर्देशित नेपाली चलचित्र ‘पेन्सन पट्टा’को गीत ‘जुनी जाला’ सार्वजनिक गरिएको छ ।
भदौ २६ गते प्रदर्शनमा आउने ‘पेन्सन पट्टा’को गीतमा हर्क साउदको शब्द र मनोज थापा मगरको संगीत छ । सरुन गुरुङ, राजबहादुर गुरुङ, उषा गुरुङ र प्रिया गुरुङको स्वर सुन्न सकिन्छ ।
सार्वजनिक गरिएको गीतमा अभिनेता दयाहाङ राई, बुद्धि तामाङ, विल्सन विक्रम राई, गौमाया गुरुङ, माओत्से गुरुङलगायत कलाकारको अभिनय छ ।
निर्देशक माओत्से गुरुङका अनुसार ‘पेन्सन पट्टा’ आशा, संघर्ष र मानवीय संवेदनालाई केन्द्रमा राखेर जीवनमा लक्ष्य प्राप्तिका लागि गर्नुपर्ने संघर्षको कथा हो । चलचित्रको कथा पनि निर्देशक स्वयंले लेखेका छन् ।
चलचित्रमा पुष्कर गुरुङ, पाशुपति राई, सुनील थापा, सोल गुरुङ, मनोज गुरुङ, अनुशा राई तथा लुनिभा तुलाधरलगायत कलाकारको पनि अभिनय छ ।






