काठमाडौं– प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुख डीपी अर्याल र नेकपा एमालेका सांसद राजेन्द्र राईबीच विवाद भएको छ।

बैठकमा बोल्ने समय पाएपछि सांसद राईले सभामुखलाई लक्षित गर्दै, ‘तपाईं कान सुन्नुहुन्छ कि हुँदैन ?’ भन्दै आफ्नो भनाइ सुरु गर्न खोजेका थिए।

त्यसपछि सभामुख अर्यालले उक्त अभिव्यक्ति संसदीय आचरणविपरीत भएको भन्दै उनको बोल्ने समय रोकेर अर्का सांसद परशुराम तामाङलाई समय दिएका थिए ।

ADVERTISEMENT

तर सांसद तामाङले बोल्न अस्वीकार गरेपछि एमाले सांसदहरूले उठेर विरोध जनाएका थिए । पछि सभामुख अर्यालले सांसद राईले आफ्नो गल्ती स्वीकारेको उल्लेख गर्दै पुनः बोल्ने अवसर दिएका थिए ।

ADVERTISEMENT

त्यसक्रममा सांसद राईले सभामुखको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै, ‘तपाईंको व्यवहारले तपाईंले पाँच वर्ष संसद् चलाउन सक्नुहुन्न, मैले बुझिसकेँ, खुट्टी हेरिसकेँ। मैले के कुरा भन्दैछु, सुन्नुपर्छ कि पर्दैन ?’ भन्ने टिप्पणी गरेका थिए ।

ADVERTISEMENT

त्यसपछि सभामुखले सांसद राईलाई पुनः सचेत गराउँदै प्रतिनिधिसभाको बैठक स्थगित गरेका थिए ।