काठमाडौं मौसम, वर्षा, मौसम पूर्वानुमाकाठमाडौं । काठमाडौँ उपत्यकामा आज (सोमबार) पनि वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार उपत्यकामा दिउँसोपछि मध्यमसम्म वर्षा हुन सक्ने सम्भावना रहेको छ।
उनका अनुसार हाल काठमाडौँ उपत्यकाको आकाशमा सामान्यदेखि आंशिक बदली रहेको छ। दिउँसो १२ बजेदेखि वर्षा सुरु हुने सम्भावना रहे पनि त्यसअघि बेलाबेला घाम लाग्न सक्ने उनले बताए।
मौसमविद् दाहालले देशभरको मौसम अवस्थाबारे विस्तृत जानकारी मौसम पूर्वानुमान महाशाखाले बिहान ८ बजे सार्वजनिक गर्ने अद्यावधिक बुलेटिनमार्फत उपलब्ध गराउने जानकारी दिएका छन्।
मनसुन सक्रिय रहेकाले वर्षा हुने क्षेत्रका नागरिकलाई आवश्यक सतर्कता अपनाउन पनि मौसमविद्हरूले आग्रह गरेका छन्।












