काठमाडौं। आज काठमाडौं उपत्यकामा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार बिहानदेखि उपत्यकाको आकाशमा बादल लागेको छ र वर्षा गराउने बादल विकास हुने क्रम जारी छ।

मौसमविद् ढकालले बिहान करिब ८:१० बजे उपत्यकामा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको जानकारी दिएका हुन्। यद्यपि, वर्षाको सम्भावना धेरै बलियो नरहेको उनले बताए।

ADVERTISEMENT

“पानी पार्ने बादल विकास भइरहेको देखिन्छ। हल्का वर्षा हुन सक्छ, तर सम्भावना धेरै छैन,” उनले भने।

उनका अनुसार केही समयपछि काठमाडौं उपत्यकाको आकाश फेरि खुल्ने सम्भावना रहेको छ। तर दिउँसोपछि पुनः बादल बढ्ने र केही स्थानमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।

ADVERTISEMENT

“दिउँसोपछि वर्षाको सम्भावना बिहानको तुलनामा केही बढी छ। तर ठूलो वा लगातार वर्षा हुने अवस्था भने देखिएको छैन,” मौसमविद् ढकालले बताए।

मौसमविद्हरूले उपत्यकावासीलाई मौसममा आउने परिवर्तनप्रति सचेत रहन तथा आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।