काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले बहुविवाह गर्न पाउने कानुन नबनेको र त्यससम्बन्धी विधेयक संसदमा पेस नहुने बताएका छन् ।

समाजमा नकारात्मक असर पर्ने गरी प्रतिनिधिसभामा बहुविवाहसम्बन्धी व्यवस्था गरिएको विधेयक पेस नहुने उनको भनाइ छ । ‘समाजमा नकारात्मक असर पर्ने बहुविवाहसम्बन्धी व्यवस्था गरिएका विधेयक प्रतिनिधिसभामा सरकारले पेस नगर्ने प्रतिबद्धता जनाउँछु,’ प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले भने ।

ADVERTISEMENT

सरकारले बहुविवाह गर्न पाउने कानुन ल्याउन लाग्यो भन्दै प्रतिनिधिसभा र बाहिर चर्को विरोध भएपछि मन्त्री चौरसियाले सभामुखसँग समय मागेर संसदमा जवाफ दिँदै त्यस्तो बताएका हुन् । सत्तारुढ र विपक्षी दलका सांसद मात्र होइन, अधिकारकर्मीले समेत पुरुषले बहुविवाह गर्न पाउने कानुन लागेको भन्दै विरोध जनाएका छन् ।